मेयर पदको उम्मेदवारी दिन कृष्ण थापाले दिए सांसदबाट राजीनामा

-


     मर्दी न्युज    
     वैशाख १२ गते २०७९ मा प्रकाशित


काठमाडौँ । नेकपा एमालेबाट पोखरा महानगरको मेयर उम्मेदवारी दिन प्रदेश सांसद कृष्ण थापाले सांसद पदबाट राजीनामा दिएका छन् ।

सोमबार संसद् सचिवालय पुगेर थापाले सांसद पदबाट राजीनामा दिएका हुन् ।

सांसद थापाको राजीनामा दिनासाथ स्वीकृत भइसकेको संसद् सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

संसद् सचिवालयले थापाको राजीनामा स्वीकृत भएको सूचना प्रकाशित गरिसकेको छ ।