जापानमा ४६ हजार बढीमा कोरोना संक्रमण पुष्टि, ६० जनाको मृत्यु

-


     मर्दी न्युज    
     वैशाख १४ गते २०७९ मा प्रकाशित


जापान । जापानमा पछिल्लो २४ घण्टामा ४६ हजार २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६० जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ७६ लाख ८० हजार ६ सय ५४ जना पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २९ हजार ४ सय ८६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । हालसम्म ७२ लाख ६४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये १ सय ८३ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ५ हजार ७ सय ९९ जनाको उपचार भइरहेको छ ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये १२ प्रान्त हजार भन्दा बढी थपिए । सबैभन्दा बढी टोकियोमा ६ हजार ५२, ओसाकामा ३ हजार ६ सय ९६, होक्काईदोमा ३ हजार १ सय ५९, खानागावामा २ हजार ८ सय ५०, आइचीमा २ हजार ६ सय ४२, फुकुओकामा २ हजार ५ सय ६२, साईतामामा २ हजार २ सय ४४, ह्योगोमा १ हजार ८ सय ८१, ओकिनावामा १ हजार ६ सय १९, चिबामा १ हजार ६ सय पाँच, क्योतोमा १ हजार १ सय ७० र हिरोसीमा १ हजार ६५ जना संक्रमित थपिए ।
मंगलबार ७६ हजार ७ सय ८५ जनाको पिसीआर परीक्षण गरिएको थियो ।