
पोखरा । राष्ट्रिय शिक्षक सिप विकाश (फाउण्डेशन कास्कीको प्रमुख आयोजन तथा नेदर्ल्याण्डस्थित केपिजे बिश्वबिद्यालय थिवोला फाउण्डेशनको सहकार्य र कर्मफ्लाईट्स फोउन्डेशन नेपालको सन्योजन मा पोखरेली शिक्षकहरुलाई चार दिवशियबिषयगत (अङ्ग्रेजी र गणित्) कार्यशला तालिम आज एक कार्यक्रमको बिचमा शुभारम्भा गरिएको छ ।
सामुदायिक तथा संस्थागत ११ बिद्यालयका कुल ६० जना शिक्षक हरु सहभागी रहेको तालिमको पहिलो दुइ दिन आधार भुत तहका अङ्ग्रेजी बिषय शिक्षकलाई अनि अन्तिम दुइ दिन गणितका शिक्षकहरुलाई बिषय बिज्ञ प्रशिक्षकहरुद्वारा तालिम प्रदान गरिनेछ । तालिम कार्यक्रमको समुद्घटन गर्दै कार्यक्रमका प्रमुख अतिथी पोखरा महनगरपालिका शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले बिद्यालय शिक्षामा बिषयगत उपलब्धी न्युन रहेको तथ्य उजागर गर्दै गुणस्त र सुधार गर्दै नैतिक मुल्यमान्यता सहितका विद्यार्थी उत्पादन गर्ने दायित्व शिक्षमा काम गर्ने सबै सरोकार वालाहरु को रहेको औल्याउनुभयो ।
केपिजे बिश्वबिद्यालयका प्राध्यापक एबम प्रशिक्षक बर्ट टोलले दुइ संस्थाहरु मार्फात नेपाल र नेदर्ल्याण्डका शिक्षकहरु बिचको सहकार्य १०औ बर्षामा प्रबेश गरेको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नुभएको थियो । सन २०१२ साल देखी शिक्षक तालिम प्रदान गर्न सुरु गरिएको अभियान सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत संस्थागत एबम सामुदायिक बिद्यालय बिच मितेरी सम्बन्ध बनाउदै स्टार स्कूल तथा स्याटेलाईट बिद्यालयको अबधारणा बनाइ तालिम सन्चालन गरिएको र दुइ खाले बिद्यालय बिचको खाडल कम गर्न, तालिमको अभाब पुर्ती गर्न र एक अर्काका बिद्यालयको राम्रा अभ्यासहरु आदान प्रदन गर्न तालिम सहयक शिद्ध भएको तालिम सङयोजक प्रेम कुवरले जानकारी दिए ।

पहिलो दुइ दिन चार जना प्रशिक्षक बर्ट टोल, स्टीभन जोह्न्सन (अमेरिका), सशिधर बराल अनि नारायण आचार्यले सहजिकारण गर्ने र गणितका बिषय शिक्षकहरुलाई आउट्डोर अनि इन्डोर एक्टिभिटी सहितको प्रशिक्षण प्रशिक्षकद्वय भद्र राज त्रीपठी र बेद्प्रसाद शर्माले गर्नुहुनेछ ।
लक्ष्मी अबाशिय माबि पोखरा-९ मा सन्चालित तालिम समुद्घाटन कार्यक्रमको अध्यक्षता एन्फोर्स्ड्ट्का अध्यक्ष्य बिश्वराज बास्तोलाले गर्नुभएको थियो भने संस्थाका सदस्य कुलप्रसाद अधिकारीले सन्चालान गरेका थिए ।