मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     वैशाख १५ गते २०७९ मा प्रकाशित


पोखरा । हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ भने प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति प्रदेश–१ र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने विभागले जनाएको छ । गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश–१ र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।