
पोखरा । पोखरा महानगरपालिका वडा नं ७, शिबमार्ग मासबारमा आज अपरान्ह ५ बजे आगलागी भएको छ। यहाँस्थित बरफ तथा कुल्फी उध्योग ” द आइस” मा भएको आगलागीको कारण यकिन नभए तापनि बिजुली सट भएको अनुमान गरिएको छ।
उद्योगमा भएको अधिकांस सामान तथा मेसिनहरु जलेर नष्ट भएका छ्न । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी तथा महानगरपालिकाको दमकल कर्मचारीको सहयोगमा अहिले आगलागी नियन्त्रणमा आएको छ।
