टेवानको एकदिने लिडरसिप तालिम सम्पन्न

-


     मर्दी न्युज    
     वैशाख १८ गते २०७९ मा प्रकाशित


पोखरा । सन २०१७ मा स्थापित पर्यटन ब्यबसायी महिला संघ नेपाल ( टेवान) पोखराले हिजो बैशाख १८ गते आफ्नो सदस्यहरुलाई व्यावसायिक नेतृत्व क्षमता अभिवृद्धि( एप्रीसियटिभ लिडरसिप ) तालिम सम्पन्न गरेको छ।

लेकसाइड स्थित कुटि रिसोर्टको सभाहलमा सम्पन्न तालिम मा चर्चित मोटिभेसनल स्पिकर राजु खत्रीले प्रशिक्षण दिनुभएको थियो।दिगो पर्यटनको लागि समान सहभागिता भन्ने नाराका साथ स्थापित टेवानले आफ्नो सदस्यहरुको दक्षता अभिबृद्दी गर्ने उदेश्यले उक्त कार्यक्रम राखिएको संघका अध्यक्ष रेणु थापा मगरले बताउनुभयो।

संक्षिप्त औपचारिक कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले पर्यटन ब्यबसायमा नयाँ आशाको किरण देखिएको, मार्च र अप्रिल महिनामा बिदेशी पर्यटक आगमन उत्साहजनक रहेकोले व्यावसायिक दक्षता तालिम अत्यन्तै सान्दर्भिक रहेको बताउदै टेवानले गरेको कार्यक्रम को प्रशंसा गर्नुभयो। सचिव प्रभा पौडेल सुबेदीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संयोजक कमला गुरुङ तथा सभापतित्व अध्यक्ष रेणु थापा मगरले गर्नुभएको थियो।तालिममा ५० जना सहभागी रहेका थिए।