टेसा पोखराको २४औं बार्षिक साधारणसभा सम्पन्न

-


     मर्दी न्युज    
     वैशाख १८ गते २०७९ मा प्रकाशित


पोखरा । पर्यटन ब्यबसायीहरुको अग्रणी संस्था ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन ( टेसा), पोखराको २४औं बार्षिक साधारणसभा आज बैशाख १९ गते सोमबारका दिन सम्पन्न भएको छ।

पोखरा-२५, सुइँखेत स्थित सुइँखेत रिभरसाईड रिसोर्टको रमणीय परिशरमा गरिएको औपचारिक कार्यक्रममा सचिव टीका बहादुर लम्सालले यो बर्षको कार्य प्रगति तथा भाबी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले साधारणसभाको सफलताको शुभकामना दिदै बिदेशी पर्यटकहरुको आगमन वृद्धि हुँदै गएको र पोखरा एडभेन्चर ट्राभल मार्ट गरेर थप पर्यटक भित्र्याउने बताउनुभयो।

संस्थाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद काफ्ले, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख काशीराज भण्डारीले शुभकामना साथै समसामयिक मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमका सभापति टेसा पोखराका अध्यक्ष नारायण प्रसाद सापकोटाले धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नुभएको थियो।

औपचारिक कार्यक्रमको समापन पश्चात रमाइलो बनभोज कार्यक्रम र पौडी प्रतियोगिता गरिएको थियो। कार्यक्रममा पोखरा पर्यटन परिषद आबद्ध संस्थाहरुका अध्यक्षहरु तथा अन्य पोखरेली पर्यटन ब्यबसायिहरुको बाक्लो उपस्थिति रहेको थियो।