आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्छ : पौडेल

-


     मर्दी न्युज    
     वैशाख २१ गते २०७९ मा प्रकाशित


रुपन्देही, २२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्ने बताएको छ ।

आज बुटवलमा उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उनले सञ्चालनमा रहेका योजना पूरा हुँदा बुटवलले नयाँ उचाइ हासिल गर्ने बताए ।

“भौतिक र मानवीय विकासमा रुपन्देही अगाडि छ । अरु ठाउँले यहाँबाट सिक्नुपर्छ । अब यहाँ धेरै गर्नुपर्ने केही छैन, यहँ सुरु भएका योजना सम्पन्न भएमात्र हुन्छ”, उनले भने ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष पौडेलले आफू अर्थमन्त्री भएका बेला निजी क्षेत्र उत्साहित हुने खालको बजेट ल्याएको स्मरण गर्दै कोभिड महामारीका बेला पनि अर्थतन्त्र कमजोर हुन नदिएको बताए । “हामीले बजेट ल्याउँदा सारा उद्योग व्यवसायीले प्रशंसा गरे । संस्थागतरूपमा त्यो तहको समर्थन बिरलै प्राप्त हुन्छ”, उनले भने ।

उनले अर्थतन्त्रलाई अगाडि बढाउन सरकार, सहकारी र निजी क्षेत्रबीच समन्वय हुनुपर्ने उल्लेख गर्दै निजी क्षेत्र अनुकूलको वातावरण बनाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।