रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छः देउवा

-


     मर्दी न्युज    
     वैशाख २१ गते २०७९ मा प्रकाशित


भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेनु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् ।

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम काँग्रेसले गर्न नहुने बताए ।

‘रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो । यति राम्रो काम गर्ने मेयर नजिताए चितवनका जनताले के भन्लान् ? गठबन्धन टुटाउने षड्यन्त्रमा हामी लाग्नुहुँदैन । गठबन्धन टुट्यो भने कांग्रेसपनि खत्तम हुन्छ’, देउवाले भने ।

उनले रेनु एक्लै जित्न सक्ने उम्मेदवार समेत भएको दाबी गरे । भरतपुरको विकासका लागि रेनुले अघि सारेका योजना हेर्दा जनतामा पपुलर देखिएको देउवाको दाबी छ ।

देउवाले कांग्रेसका ८२ प्रतिशत कार्यकर्ता गठबन्धनको पक्षमा रहेको बताउँदै उनले भने, “यो मत जनप्रतिनिधिको मत हो । नेपाली जनताले गठबन्धनप्रति समर्थन भएर मैले जितेको हुँ । होइन भने मैले कहाँ जित्थे ।” उनले गठबन्धनप्रति मेचीमहाकालीका जनताको भरोसा भएर नै पार्टीका साथी लागेर सभापति जितेको समेत बताए ।