वैशाख ३० गते सार्वजनिक विदा

-


     मर्दी न्युज    
     वैशाख २५ गते २०७९ मा प्रकाशित


काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक विदा दिएको छ। मन्त्रिपरिषद्को वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले विदा दिएको हो।

सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक विदा दिने निर्णय गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने वैशाख ३० गते शुक्रबारका दिन देशभर सबै सरकारी कार्यालयहरू र सार्वजनिक निकायहरूमा सार्वजनिक विदा दिने नेपाल सरकार, मन्त्रिपरिषद्बाट वैशाख २५ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’