आज र भोलि मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गरिने

-


     मर्दी न्युज    
     वैशाख २७ गते २०७९ मा प्रकाशित


काठमाडौँ । निर्वाचन आयोगले सबै मतदान स्थलबाट मतदाता परिचय पत्र वितरण गर्ने भएको छ।

आज र भोलि मतदाता परिचय पत्र वितरण गरिने आयोगले जनाएको छ।

मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरण हुनेछ।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ मा मतदान स्थलहरूबाट मतदाता परिचय पत्र दिन लागिएको हो।