
जापानले विदेशी आगमनमा लगाएको प्रतिबन्धलाई सहज बनाउने भएको छ । जून महिनादेखि दैनिक २० हजार जनालाई प्रवेश दिने सञ्चार संस्था एनएचके समाचारमा जनाईएको छ ।
सरकारले कोरोना भाईरस संक्रमणको फैलावटलाई रोक्ने उद्धेश्यले गत वर्षदेखि प्रतिबन्ध लगाएको थियो ।
हाल अन्तर्राष्ट्रिय आगमनमा दैनिक १० हजार जनालाई प्रवेश अनुमति दिएको छ । बिधार्थी, व्यबसायी, डिपेन्डण्ट र प्राविधिक प्रशिक्षार्थीहरूलाई सहज प्रवेश दिएको छ भने अर्को महिनादेखि पर्यटकलाई पनि खुलाउने तयारी भइरहेकोछ ।
प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता बेलायतको भ्रमणको क्रममा कोरोना भाइरसको प्रतिबन्ध सहज बनाउने बताएका थिए । सरकारले अप्रिलको अन्तिमदेखि मे महिनाको पहिलो हप्ता (गोल्डेन वीक) को बिदामा नागरिकको आवतजावतले संक्रमणमा पारेको अवस्थाको अध्ययनपछि यसबारे अन्तिम निर्णय गरिने समाचारमा जनाईएको छ ।