जापानमा ४६ हजार जनामा कोरोना संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

-


     सन थापा     
     वैशाख २७ गते २०७९ मा प्रकाशित


जापानमा पछिल्लो २४ घण्टामा ४५ हजार ९ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४१ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ८२ लाख २८ हजार १ सय २४ जना पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २९ हजार ९ सय ५६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । हालसम्म ७८ लाख १४ हजार ७ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमित मध्ये १ सय ६३ जनाको अवस्था गम्भीर रहेको छ भने ३ लाख ७ हजार ६ सय ४७ जनाको उपचार भइरहेको छ ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू

४७ प्रान्तमध्ये १४ प्रान्त हजार भन्दा बढी थपिए ।

सबैभन्दा बढी टोकियोमा ४ हजार ७ सय ६४, ओसाकामा ३ हजार ६ सय ७९, होक्काईदोमा ३ हजार २ सय ५९, आइचीमा २ हजार ७ सय २९, ओकिनावामा २ हजार ७ सय दुई, फुकुओकामा २ हजार ४ सय एक, खानागावामा २ हजार ३ सय ४०, साईतामामा १ हजार ९ सय १०, ह्योगोमा १ हजार ९ सय दुई, हिरोसीमा १ हजार ४ सय ५१, चिबामा १ हजार ३ सय ७३, सिजुओकामा १ हजार १ सय ६८, क्योतोमा १ हजार ६१ र ओकायामामा १ हजार ३५ जना संक्रमित थपिए ।

मंगलबार ७२ हजार ५७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।