स्थानीय निकायको निर्वाचनका कारण ओझेलमा धौलागिरी आरोहण दिवस

-


     मर्दी न्युज    
     वैशाख ३० गते २०७९ मा प्रकाशित


बिश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमचुचुरो हरु मध्ये सातौ स्थानमा रहेको धौलागिरी (८१६७ मि.) नेपालको गण्डकी प्रदेश अन्तर्गत म्यादी जिल्लामा पर्छ । तिब्बत (चीन) सँग सिमाना नजोडिएका आठ हजार मिटरभन्दा अग्लो शिखर मध्ये यो नै सबैभन्दा अग्लो शिखर हो ।

पबित्र कालीगण्डकी नदिको पश्चिममा अबस्थित यो चुचुरो सन् १९६० को मे महिना को १३ तारीख (आजकै दिन) स्विस- अष्ट्रीयन संयुक्त आरोहण दलका म्याक्स आइसेलिन को नेतृत्वमा गएका कुर्त दिएमबर्गर, पिटर दिएनर, आर्नस्ट फोरेर , अल्बिन स्केल्बर्ट, निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पाले सफलतापुर्बक आरोहण गरेका थिए ।

सन् १९५० देखि १९६० को बीचमा आठ हजार मिटर भन्दा अग्ला सबै चुचुरोहरु मा मानव पाइलाहरु पुगेका थिए ती मध्ये धौलागिरी नै अन्तिम चुचुरो थियो । यो आरोहण दलको लागि चाहिने अधिकांश सामान सानो जहाज (पिलाटस पोर्टर) बाट लुकेको उपत्यका (Hidden Valley) मा झारिएको थियो ।

पछी त्यो जहाज उड्ने बेलामा उक्त उपत्यकामै दुर्घटनामा परेको थियो, सो जहाजको केहि भग्नावशेष अहिलेपनि देख्न सकिन्छ । “यति” उपनाम दिइएको उक्त जहाज संमुद्र सतह देखि ५७५० मिटरको उचाइमा अवतरण गरेर विश्व रेकर्ड कायम गरेको थियो र त्यो रेकर्ड अहिलेसम्म पनि कायमै छ ।

यस्ता अनेकौं कारण र ऎतिहासिक महत्व बोकेको हिमाल आरोहणको अबसरमा नेपाल पर्वतारोहण संघले सरोकारवाला संघ-संस्था तथा जनसमुदाय संग मिलेर विविध रचनात्मक कार्यक्रमहरु, आरोही सम्मान, हिमाल सरसफाइ, दिगो पर्वतीय पर्यटन बारे अन्तर्कृया जस्तो कार्यक्रमहरु गरि मनाउदै आईएको थियो ।

सन् २०२० र २०२१ मा कोभिड महामारीका कारण र यो बर्ष नेपाल भर एकैपटक हुन लागेको स्थानीय निकायको चुनावका औपचारिक कार्यक्रम नगरिने भएको छ ।