रूपा गाउँपालिकामा एउटा वडाबाहेक सबैमा एमाले विजयी

-


     मर्दी न्युज    
     जेठ २ गते २०७९ मा प्रकाशित


पोखरा । कास्कीको रूपा गाउँपालिकामा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् ।

सोमबार दिउँसो सार्वजनिक अन्तिम मत परिणामानुसार एमालेका नवराज ओझा गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनले पाँच हजार ७४९ मत ल्याएका छन् । अध्यक्षमा पराजित उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उमेदवार गिमाया गुरुङले चार हजार १३७ मत प्राप्त गरिन् ।

ओझा यसअघि पनि अध्यक्ष थिए । उपाध्यक्षमा पनि एमालेका उमदेवार लालसुबा गुरुङ पाँच हजार ४४५ मतका साथ विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नारायणकुमार श्रेष्ठले चार हजार ३७० मत ल्याए ।

सातमध्ये १ नम्बर वडामा कांग्रेसबाहेक सबै वडा एमालेले जितेको छ ।