काठमाडौंमा बालेन १०,११३ मतले अगाडि

-


     मर्दी न्युज    
     जेठ ४ गते २०७९ मा प्रकाशित


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र (बालेन) शाहले अग्रता कायम राखेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा उनले १०,११३ मतले अग्रता कायम राखेका छन् ।

पछिल्लो विवरणअनुसार ५४,६२१ मत गणना हुँदा बालेनले २१,१११ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १०,९९८ र कांग्रेसकी सिर्जना सिंहले १०,१७३ मत पाएकी छन् ।