
पोखरा । कास्कीको पोखरा महानगरपालिकामा १ लाख एक हजार १२१ मत गणना भएको छ । जसमा प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४० हजार ४३४ मत पाएका छन् । आचार्य ३,२६० मतले अगाडि छन् ।
उनलाई पछ्याइरहेका नेकपा (एमाले)का कृष्ण थापाले ३७ हजार १७४ मत ल्याएका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शंकर खरालले चार हजार ५८२ मत ल्याएका छन् ।
उपप्रमुखमा नेकपा (एमाले)की उमेदवार मञ्जु गुरुङ ४२ हजार ३१६ मत ल्याएर अगाडि छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४० हजार ७०४ मत ल्याएकी छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की रन्जना सेनले चारहजार ५०९ मत ल्याएकी छन् ।

