मामाघर जाने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु

-


     मर्दी न्युज    
     जेठ ७ गते २०७९ मा प्रकाशित


जाजरकोट, ८ जेठ । बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ ।

बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिनए ।

महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुङ्गा लागेर रोहितको मृत्यु भएको हो । रासस