डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्यो, ग्यासमा २०० रुपैयाँले बृद्धि

-


     मर्दी न्युज    
     जेठ ८ गते २०७९ मा प्रकाशित


पोखरा । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १६३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको एक हप्ता बित्न नपाउँदै पुनः सरकारले अर्को भारी बृद्धि गरेको हो ।

यस्तै सरकारले हवाई इन्धनमा पनि प्रति लिटर १० रुपैयाँले मूल्य बृद्धि गरेको छ । त्यसैगरी एलपी ग्यासमा प्रतिसिलिण्डर २०० रुपैयाँले मूल्य बृद्धि गरेको छ । अब ग्यासको खुद्रा बिक्री मूल्य १८०० पुगेको छ ।