पोखरामा एक लाख १९ हजार ३१९ मतगणना, धनराजको अग्रता कायमै

-


     मर्दी न्युज    
     जेठ ८ गते २०७९ मा प्रकाशित


पोखरा । स्थानीय तह निर्वाचअन्तर्गत पोखरा महानगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म एक लाख १९ हजार ३१९ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता फराकिलो बनेको छ । उनले ४७ हजार ९९२ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्ण थापाले ४४ हजार १३९ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेकपा (एमाले)की उमेदवार मञ्जु गुरुङको अग्रता छ । उनले ५० हजार २६० मत पाएकी छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उमेदवार कोपिला रानाभाटले ४७ हजार ४७० मत ल्याएकी छन् ।

पोखरा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।