पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन

-


     मर्दी न्युज    
     जेठ १५ गते २०७९ मा प्रकाशित


पोखरा । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो ।

१९ यात्रु बोकेको जहाजका पाइलट प्रभाकर घिमिरे रहेको बुझिएको छ ।