नेपाल पर्यटक यातायात ब्यबसायी संघको रक्तदान कार्यक्रम सम्पन्न

-


     मर्दी न्युज    
     जेठ १६ गते २०७९ मा प्रकाशित


पोखरा, नेपाल पर्यटक यातायात ब्यबसायी संघ, गण्डकी प्रदेशको आयोजनामा आज २०७९ जेठ १६ गते बिहान पोखरा लेकसाइड, डिहिकोपाटन स्थित होटल रुद्राक्ष परिशरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

पोखरामा भएको रक्त अभावलाई मध्यनजर गर्दै रक्तदान, जिबन दान भन्ने मुल नारा सहित कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुरेश दाहालले बताउनुभयो। रक्त संचार केन्द्र, पोखराका कार्यालय प्रमुख अर्जुन ज्ञवालि तथा उहाँको टिमले रक्त संकलन गर्नुभएको थियो। औपचारिक कार्यक्रमको अध्यक्षता एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष श्री बाबुराम पाण्डेले गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिव सुरेश दाहालले गर्नुभएको थियो।

आफ्नो ब्यस्तताको बाबजुद पनि रक्तदान स्थलमा उपस्थित हुनुभएका प्रमुख अतिथि गण्डकी पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले आफ्नो संक्षिप्त मन्तव्य राख्नुहुँदै रगतको अभाव रोक्नको लागि गरिएको यस्तो पुनित कार्यको लागि आयोजक लाई धन्यवाद ज्ञापन गर्नुभयो।प्रमुख अतिथिको हातबाट संस्थाका अध्यक्षलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उदघाटन गरिएको थियो

एनटिभिए सदस्यहरु, अन्य पर्यटन ब्यबसायी संस्थाका सदस्यहरु, बैदामबासी आम जनता तथा सुभेच्छुकहरु लगायतबाट ६२ जना रक्तदाताले रक्तदान गरेका थिए।