यस्तो छ आजको मौसम

-


     मर्दी न्युज    
     जेठ १७ गते २०७९ मा प्रकाशित


पोखरा । आज देशका केही स्थानमा पानी पर्ने भएको छ ।

प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश–१, मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एकदुई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।