सार्वजनिक सवारीको भाडा घट्यो

-


     मर्दी न्युज    
     जेठ २० गते २०७९ मा प्रकाशित


काठमाडौं । यातायात व्यवस्था विभाले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै स्वचालित भाडादर अनुसार गाडीभाडा घटेको हो ।


यात्रुबाहक सवारीमा २, पहाडी जिल्लामा २ प्रतिशत, तराईका जिल्लामा २.६ प्रतिशत भाडा घटेको विभागले जनाएको छ ।