हप्ताको दुई दिन विदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

-


     मर्दी न्युज    
     जेठ २२ गते २०७९ मा प्रकाशित


काठमाडौँ । सातामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सरकारले जेठ १ बाट लागू हुने गरी शनिवार र आइतबारको सार्वजनिक बिदाले दूरगामी असर पार्ने भन्दै अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार लोहीले रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर रिटमा अध्ययनबिना हचुवाको भरमा गरिएको यस्तो निर्णयबाट मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा जटिलता देखिएको भन्दै त्यसको खारेजी माग गरिएको छ ।