
काठमाडौं । सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ गतेदेखि लागु हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले सतामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णय गरेको थियो। दुई दिन विदा दिँदा प्रशासनिक अफ्ठ्याराहरु आएको र अस्पतालहरुमा समेत भीडभाड बढेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो।
नेपालमा दुई दिने विवाद कार्यान्वयनमा जटिलता आएपछि सरोकारवालहरुले आइतबारको विदा कटौति गर्न दबाब दिँदै आएका थिए। सोहीबमोजिम आइतबारको विदा हटाउने निर्णय भएको एक मन्त्रीले बताए।
वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो ।