एक दिन पनि टिकेन नेप्सेको वृद्धि, दोहोरो अंकले घट्यो

-


     मर्दी न्युज    
     जेठ २६ गते २०७९ मा प्रकाशित


सेयर बजारको परिसूचक नेप्सेको वृद्धि एक दिन पनि टिकेन । हिजो बुधबार नेप्से ६० अंक बढेको थियो ।

तर, बिहीबार भने यो टिक्न सकेन । पहिलो घण्टा केही बढेर कारोबार भएको थियो । बिहीवार नेप्से परिसूचक १७ दशमलव ६४ अंक घटेर बन्द भएको छ । परिसूचक २ हजार ६२ दशमलव ८० विन्दुमा झरेको हो ।

बिहीबार सबै उपसमूह राताम्य रहँदा सबैभन्दा धेरै वित्त र विकास बैंकका लगानीकर्ताले गुमाए । बिहीबार २२९ कम्पनीको ३० हजार ७६२ कारोबारबाट ४१ लाख ५६ हजार १०४ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन कारोबार रकम १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ रह्यो । बिहीबार उपकार लघुवित्तको कारोबारमा सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर २४६ रुपैयाँ पुग्यो ।

बिहीबार बढी घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रमोटर सेयरको मूल्य ६.६१ प्रतिशतले घटेर २३६ रुपैयाँ, सिंगटी हाइड्रोपावरको कम्पनीको मूल्य ५.३४ प्रतिशतले घट्यो ।