एनएमएको चुनावमा निमा नुरु शेर्पाको प्यानल बिजयी

-


     मर्दी न्युज    
     जेठ २७ गते २०७९ मा प्रकाशित


काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को हिजो जेठ २७ गते सम्पन्न चुनावमा अध्यक्ष पदमा निमा नुरु शेर्पा अत्यधिक मतले बिजयी भएका छन् ।

निमानुरु शेर्पा अध्यक्ष रहेको समूहबाट बरिस्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्ष आङ दावा शेर्पा,दितीय उपाध्यक्ष दावा यांङ्जुम शेर्पा ,माहासचिब मोहन लम्साल,सचिब धन बहादुर गुरुङ,कोषाध्यक्ष मुक्ति पाण्डे निर्बाचित भएका छन् ।

सदस्यहरुमा सिंगी लामा,पिताम्बर गुरुङ,राजेन्द्र बहादुर लामा,रामचन्द्र धमला,नामग्याल जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा,दिनेश तामांग, डोमा शेर्पा र निमा डोमा शेर्पा बिजयी भएका छन् । दुइ सदस्य भने अर्को समुहका आङदावा शेर्पा र किशान गुरूङ निर्बाचित भएका छन् । संघको बुक होल्डरबाट चार मजदुर आरोहीको छुट्टै निर्बाचन आज हुदैछ ।