आफन्तजन छात्रवत्ति तथा शैक्षिक सामाग्री वितरण

-


     मर्दी न्युज    
     असार २ गते २०७९ मा प्रकाशित


गण्डकी । शैक्षिक तथा विविध सामाजिक कार्यमा अग्रणी भुमिका खेलिरहेको कर्मफ्लाइट्स फाउण्डेशन नेपाल पोखरा कास्कीले यस वर्षको आफन्तजन छात्रवृत्ति कार्यक्रम अन्तर्गत ४४० जना विपन्न अनाथ तथा जेहेदार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

कर्मफ्लाइट्स फाउण्डेशनले गोरखाका ४५ र वागलुङका ३९५ गरि जम्मा ४४० जना विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप शैक्षिक सामाग्री तथा नगद हस्तान्तरण गरेको संस्थाका निर्देशक प्रेमबहादुर कुँवरले बताए । गोरखाको वारपाक आसपास केन्द्विन्दु पारेर गएको २०७२ सालको विनाशकारी भूकम्पमा आफ्ना बा, आमा वा प्रियजन गुमाएका गोरखाका १०० जना ‘भुकम्प अनाथ’ वालवालिकालाई विगत २०७२ सालदेखि प्रति विधार्थी रु १० हजार राशीको छात्रवृत्ति प्याकेज प्रदान गरिदै आएकोमा तिनै विद्यार्थीलाई यो आठांै वर्षको आफन्तजन छात्रवृत्ति प्रदान गरिएको छात्रवृत्ति कार्यक्रमका परिकल्पनाकार संस्थाका कार्यकम निदशक प्रेम व.कुँवरले बताए ।

१०० जनालाई लक्षित गरि १० बर्षे कार्यक्रम शुरु गरिएको आफन्तजन छात्रवृत्ति कार्यकममा वारपाक सुलिकोट गा.पा. वडा नं.२,३ र ४, अजिरकोट गा.पा. नं ४ र ५ लगायत धार्चे गा.पा. वडा न ४ र ५का विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुमध्ये ५५ जना विधार्थीले प्लस२ कक्षासम्म अध्ययन पूरा गरिसकेका छन् भने ४५ जना विधार्थीहरुले यस वर्ष पनि उक्त राशीको छात्रवृत्ति प्राप्त गरि लाभान्वित भएको छ । यस वर्षको छात्रवृत्ति अजिरकोट भेगका विद्यार्थीलाई जीवनज्योति मा.वि वालुवामा तथा वारपाक सुलिकोट गापा क्षेत्रका विद्यार्थीहरुलाई हिमालय मा.वि. सौरपानी केन्द्र पारि वितरण गरिएको जीवनज्योति मा.विका नि.प्र.अ. पूजा गुरुङले जानकारी दिइन् । ४५ जना विद्यार्थीलाई रु १० हजारका दरले जम्मा ४ लाख ५० हजार बरावर छात्रवृत्ति बाँडिएकोमा शैक्षिक सामाग्री (झोला, पोशाक, सुइटर, व्यक्तिगत सरसफाई सामागी्र लगायत) र नगद प्रदान गरिएको थियो ।

वि.स.२०७२ सालको त्रासदीपूर्ण भुकम्पले निम्त्याएको मानविय तथा क्षतिको बेलामा आलो घाउमा मल्हमपट्टी लगाउन ओत बनि राहत तथा उद्दार कार्यमा अग्रपंक्त्तिमा खटिएको कर्मफ्लाइट्स फाउण्डेशनले बिद्यालय तथा समुदायमा पुर्याएको मानबिय सेवा अविस्मरणिय रहेको र पछिल्ला दिनहरुमा शैक्षिक सुधार र पुनर्निर्माणमा हातेमालो गर्दै आइरहेको विद्यालयका प्राचार्य ठाकुरप्रसाद पनेरुले बताए । बारपाक सुलिकोट गापा वडा नम्बर ४ का वडा अध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य सुनिता बयलकोटीको रोबहरमा वितरित छात्रवृत्ति कार्यक्रममा सम्बन्धित विद्यालयका शिक्षक प्रतिनिधि र विद्यार्थीका आफन्तजनहरुको उपस्थिति रहेको थियो ।

यसैक्रममा फाउण्डेशनले शैक्षिक वर्षा २०७९÷८० को लागि बागलुङको निसिखोलागापा –२ स्थित अर्नाकोट माबिमा अध्यनरत ३२९ अति बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई रु ५३४०७२÷– बराबरको शैक्षिक सामाग्री प्रदान गरिएको छात्रवृति संयोजक मिना कार्कीले बतए । विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, झोला, व्यक्तिगत सरसफाईलगायतका सामाग्री प्रदान गरिएकोमा विद्यालयले पनि नेपाल सरकारबाट प्राप्त हुने छात्रवृत्तिको ७२ हजार थपगरि साझेदारी गरि सबै बिद्यार्थीहरुलाई समानरुपले वितरण गरिएको र यसले सबैमा खुशी छाएको बिद्यालयका प्राचार्य बेगबहादुर कुँवरले जानकारी दिए ।
गत एकदशकदेखि संस्थाले दूरदराजमा रहेको एस बिद्यालयको शैक्षिक उन्नयन तथा बिपन्न बालबालिकाको शिक्षामा लगानी गर्दै आइरहेको छ भने एसइइ, कक्षा १२ अनि बिश्वबिद्यालयमा करिब एक दर्जन जेहेन्दार बिद्यार्थीलाई बिशेष छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोहि क्रममा पालिकाको २ नम्बर वडा उपल्लो बेङ्ग्रि स्थित जनप्रिय प्राबिमा अध्ययनरत ६५ जना बपन्न बिद्यार्थीहरुलाई पनि रु ३० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ । वार्ड नम्बर २ का वडा अध्यक्ष कुबिर बिश्वकर्मा र वडा सदस्य निमकुमारी बिकको रोबहरमा वितरण गरिएको प्रअ मीना बिकले जानकारी दिए । उक्त कार्यक्रममा अविभावक, शिक्षाप्रेमीहको उपस्थिति रहेको थियो । पश्चिम बाग्लुङ्गका दूरदराजका बिद्यालयहरुलाई लक्षित गरि सेवागर्दै आइरहेको संस्थाले छात्रवृत्ति कार्यक्रमको लागि निसिखोला गाउँपालिकाको समन्वयमा एक्शन अटोनोमि एविनियेर फ्रान्ससंग सहकार्य गरिरहेको छ ।