चार प्रदेशका धेरै स्थानहरुमा वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     असार ९ गते २०७९ मा प्रकाशित


पोखरा, १० असार । हाल देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली देखी पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखी समानाय बदली रहेको छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बांकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ ।

विभागका अनुसार आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बांकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।