वामदेवको नयाँ पार्टी : ६९ सदस्यीय केन्द्रीय कमिटी

-


     मर्दी न्युज    
     असार १३ गते २०७९ मा प्रकाशित


काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

आज दिउँसो ३ बजे काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागिएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । उनका अनुसार नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहनेछ ।

तत्काललाई ६९ जनाको केन्द्रीय समिति रहनेछन् । पार्टीको संयोजकमा वामदेव रहनेछन् भने सचिवमा डिबी कार्की रहनेछन् ।

यी हुन् गौतमको पार्टीका केन्द्रीय सदस्यहरू :