
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं–४ सल्यान स्थित श्री भुमेश्वर आ.वि.मा कर्मफ्लाइट्स फाउण्डेशन नेपालको विशेष पहलमा कुमारी बैँक लिमिटेडको सिएस आर कार्यक्रम अन्तर्गत एक थान थ्रि इन वान व्रदर्स प्रिन्टङ मेशिन एक समारोहका विच विद्यायलयलाई हस्तान्तरण गरिएको छ ।
व्यवशायको सामाजिक उत्तरदायित्व (सिएसआर) परियोजना अन्तर्गत अत्यावश्यक रहको प्राथमिकता पहिचान गरि विद्यालयलाई प्रविधी मैत्री वनाउन कर्मफ्लाइट्स्को सहकार्यमा बैँकले सहयोग उपलब्ध गराएको कुमारी बैँक लि. अमरसिंह शाखाका प्रमुख नारायण थापाले बताए ।
कोरोना महामारीले अर्थतन्त्र थलिएको अवस्थामा पनि आफ््नो बैँकले कास्कीको दूरदराजमा रहेको यस विद्यालयलाई सहयोग गर्न पाउँदा आफूहरुलाई सन्तोष मिलेको कुरा बताउँदै आगामी दिनमा पनि विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धुता व्यक्त गरे ।
गत वर्ष पनि संस्थाले विद्यालयको एउटा कक्षा कोठा व्यवस्थापन, खेलकुद सामाग्री साथै पानी शद्धिकरण गर्ने फिल्टर र वाल्टीहरु प्रदान गरेको थियो भने यस वर्ष प्रतिष्ठित कुमारी बैँकको सिएसआर कार्यक्रमसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै कर्मफ्लाइट्सका कार्यक्रम निदेशक प्रेम व. कुँवरले स.साना नानी बाबुहरु पढ्ने सानो विद्यायलमा गरिएको सहयोगले नै भोलिका ठूला सपना हाँसील गर्ने जग तयार गर्ने बताए ।
मध्य असारको समय, मानु खाएर मुरी उब्जाउने समयमा पनि विद्यालयमा आएको सहयोगको शिक्षक, विधार्थी, अविभावक लगायत वडा नं–४ का जनप्रतिनिधीहरु कार्यक्रमलाई महत्व दिएर उपस्थित् भएका थिए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै अन्नपूर्ण–४ का वडा अध्यक्ष श्री आइन्दल गुरुङले संस्थाहरुले गरेको यस प्रकारको सहयोगले गाउँपालिकाले अंगिकार गरेको विद्यालयको गुणस्तर वृद्धि गर्ने नीतिलाई प्रत्यक्ष रुपमा टेवा पु¥याएको बताउँदै निकट भविष्यमा वडाका सवै विद्यालयका प्र.अ. तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुको भेला डाकी शैक्षिक गुणस्तर अभिवृदिको लागि अन्तरक्रिया गरिने बताए ।
वर्षात्को भेल बाढी प्रवाह नगरि विद्यालयलाई सहयोग गर्न आइपुगेका सहयोगी हातहरुलाई धन्यवाद दिदै वडा सदस्य पशुपति के.सीले स–साना बालबालिकाृलाई विद्यालय इतरको समयमा पनि घरघरमा आ–आफ्ना अभिभावकले विशेष रेखदेख गर्नुपर्ने बताए ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष श्री भिम बहादुर गुरुङ्गको अध्यक्षतामा प्र.अ. तोरण वहादुर केसीले सञ्चालन गरेको र्कायक्रममा उपस्थित प्रमुख अतिथीका वडा.४ का नवनिर्वाथित अध्यक्ष, वडा सदस्य एवम् आमन्त्रित अतिथिहरुलाई फुलमाला तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कक्षा नर्सरी देखि ५ कक्षा सम्म अध्ययन गर्ने ४० जना विद्यार्थीहरुलाई कापी, पेन्सील, कलम, ज्यामिती वाकस जस्ता शैक्षिक सामागी्र प्रदान गरिएको थियो भने विधालयको पुस्तकलयको लागि रु १५ हजार वरावरको २०० थान वाल साहित्यका पुस्तक पनि प्रदान गरिएको विद्यालयका पूर्व विद्यार्थी समेत रहेका हाल आन्तरीक राजस्व कार्यालय पोखराका कर अधिकृत श्री मदन ब. केसीले बताए ।
आफूले बाल्यकालमा शिक्षा प्राप्त गरेको विद्यालयमा मनकारी संस्थाहरुलारई जोड्न पाउँदा अत्यन्त हर्ष विभोर भएको बताउँदै भविष्यमा विद्यालयबाट असल, सफल र सक्षम नागरिक बनाउने कुरामा यस्ता स–साना सहयोगले महत्व राख्ने कुरा केसीले बताए । आफूहरुको आवश्यकता अनुसार प्रिन्टर पाएकोले अव उप्रान्त विद्यालयले सञ्चालन गर्ने परिक्षा तथा गापामा डिजिटल रुपमा रिपोट पठाउन यसले ठूलो सहयोग गर्ने बताउँदै आगामी दिनमा पनि यस प्रकारको सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गरे ।


