रुकुम (पूर्व ) का बिद्यालयहरु मा कर्म फ्लाइटस फाउण्डेशनको छात्रवृत्ति तथा पुस्तकालय सहयोग कार्यक्रम

-


     मर्दी न्युज    
     असार १६ गते २०७९ मा प्रकाशित


विगत पाँच वर्षदेखि रुकुमको पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका दुर दराजमा रहेका विभिन्न विद्यालय र विद्यार्थीका समस्यालाई सम्बोधन गर्दै आएको पोखरा स्थित कर्म फ्लाइट्स फाउन्डेसनले विद्यार्थीलाई छात्रवृत्ति वितरण र ४ वटा विद्यालयमा पुस्तकालय स्थापना गरिदिएको छ ।

यसै असार ४ देखी ११ गते सम्म उक्त कार्यक्रमको लागि संस्थाको टोली सम्बन्धित बिद्यालयहरु मा पुगी आफन्तजन छात्रवृत्ति र पुस्तकालयको लागि पुस्तकहरु हस्तान्तरण गरेको संस्थाका फिल्ड कोअर्डिनेटर राजु परियारले बताए । पुथा उत्तरगंगा वडा नं. ५ हुकामको श्री बाल कल्याण आधारभूत विद्यालय उज्र्याङमा असार १ गते, वडा नम्बर ९ को श्री आदर्श मावि खारबाङ्ग र वडा नम्बर ४ को आधारभूत विद्यालय अर्जलमा असार २ गते र वडा नम्बर २ को आधारभूत विद्यालय हार्दिबाङ्गमा असार ३ गते पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको छ ।

फाउन्डेसन मार्फत यी बिद्यालयहरु लाई रु ३ लाख २८ हजार बराबरको पुस्तकालय हस्तान्तरण गरिएको हो । पुस्तकालय पाएपछि विद्यालयहरुले फाउण्डेशनलाई धन्यवाद दिएका छन् ।

त्यस्तै फाउण्डेशनले हरेक वर्ष जस्तै यो वर्षपनि आफन्तजन छात्रवृत्ति कार्यक्रम निरन्तरता गर्दै विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । वडा नम्बर ६ मयाङको श्री जनजागृति आधारभूत विद्यालयका १६ जना विद्यार्थीलाई वर्षभरी पुग्ने शैक्षिक सामग्री तथा नगद वितरण गरिएको छ । वडा नम्बर १ मैकोटको पुथा हिमालय माविका ३० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पनि वार्षिक शैक्षिक सामग्री तथा नगद वितरण गरिएको छ ।

जनजागृत्ति आधारभूत विद्यालय मयाङ र श्री पुथा हिमालय मावि मैकोटका गरि जम्मा ४६ जना विद्यार्थीलाई आफन्तजन छात्रवृत्ति कार्यक्रमबाट ५ लाख बराबरको शैक्षिक सामग्री तथा नगद वितरण गरिएको कर्म फ्लाइट्सका कार्यकारी सदस्य तथा रुकुम पूर्वका कार्यक्रम संयोजक कर्मसही घर्ती मगरले जानकारी दिए । कर्म फ्लाइट्सका फिल्ड कोअर्डिनेटर परियार, संयोजक घर्ती मगर र भोलेन्टियर फ्रान्सेली नागरिक त्रिस्तानुको अगुवाइमा पुस्तकालय तथा छात्रवृत्ति प्रदान गरिएको हो ।

फाउन्डेसन मार्फत ३ लाख २८ हजार बराबरको पुस्तकालय हस्तान्तरण गरिएको हो । पुस्तकालय पाएपछि विद्यालयहरुले फाउण्डेशनलाई धन्यवाद दिएका छन् । त्यस्तै फाउण्डेशनले हरेक वर्ष जस्तै यो वर्षपनि आफन्तजन छात्रवृत्ति कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । वडा नम्बर ६ मयाङको जनजागृति आधारभूत विद्यालयका १६ जना विद्यार्थीलाई वर्षभरी पुग्ने शैक्षिक सामग्री वितरण गरिएको छ । वडा नम्बर १ मैकोटको पुथा हिमालय माविका ३० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक शैक्षिक सामग्री तथा नगद वितरण गरिएको छ ।

कर्मफ्लाइट्स फाउण्डेशन नेपाल, कास्की जिल्लामा गैर सरकारी संस्था को रुपमा दर्ता भै बाल शैक्षिक सुधार, सामिजिक बिकाश तथा स्वास्थ्य सेवा को क्षेत्रमा दुरदराजका जनता लाई सेवा पुर्याउदै आएको छ । संस्थाले रुकुम पूर्व जिल्ला प्रशासन कार्यालय मा पनि बिधिबत रुपमा कार्य बिस्तार को अनुमति प्राप्त गरि जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकामा पालिकाहरुको समन्वय मा बिशेष गरि शिक्षा र स्वास्थ्य को क्षेत्र मा बिगत २०७४ साल देखि काम गर्दै आएको छ ।

पुथा उत्तरगंगा गाउँपालिका को वडा नम्बर १ मैकोट बाट सेवा सुरु गर्दा यहाँको श्री पुथा हिमालय माध्यमिक बिद्यालयमा एजुकेशन फर लाइफ नर्वे को सहकार्य मा पुस्तकालय स्थापनाको लागि पुस्तक प्रदान गरि गरिएको थियो भने पछि मैकोट लाई केन्द्र बनाएर बिद्यालयको सिफारिस मा छनोट भएका दलित, अत्यन्तै निम्न आय भएका, अबिभावक गुमाएका र आफन्तजनको सहारा मा बस्ने ३० जना बालबालिका हरुलाई दिर्घकालिन आफन्तजन छात्रवृत्ति कार्यक्रम सुरु गरिएकोमा गत दुइ बर्ष देखि यो आफन्तजन छात्रवृत्ति कार्यक्रम पालिकाको ६ नम्बर वडा को मयाङ्ग मा पनि लागु भै १६ जना बिपन्न तथा जेहेन्दार बालबालिका हरुले बार्षिक १० हजार राशिको आफन्तजन छात्रवृत्ति प्राप्त गर्दै आएका छन् ।

यी बालबालिका हरुको परिवारको दीगो आम्दानीको लागि गत बर्ष माउ बाख्रा पनि प्रदान गरिएको जनजागृति आवासिय बिद्यालयका प्रधानाध्यापक चेत कुमार सेनले जानकारी दिए । संस्थाले एक बिद्यालय एक पुस्तकालय कार्यक्रम अन्तर्गत हाल सम्म पुथा उत्तरगंगा गाउँपालिका का वार्ड १,२,३,४,५ र ६ का सम्पूर्ण बिद्यालय र वडा ९ नम्बर वडा को एक बिद्यालय मा पुस्तकसहितको पुस्तकालय हरु संचालन मा ल्याएको जनाएको छ ।