यस्तो छ आजको मौसम

-


     मर्दी न्युज    
     असार २१ गते २०७९ मा प्रकाशित


हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज बिहान देशभर सामान्य बदली रहेको छ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राती आँशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।