नयाँ संशोधनसहित नागरिकता विधेयक पेस गर्ने सरकारको तयारी

-


     मर्दी न्युज    
     असार २१ गते २०७९ मा प्रकाशित


काठमाडौँ । सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो । सरकारले २०७५ सालमा नै नागरिकता विधेयक संसदमा लगेको थियो ।

संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्नेछ ।