अर्थमन्त्री शर्माले दिए राजीनामा

-


     मर्दी न्युज    
     असार २१ गते २०७९ मा प्रकाशित


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् ।

उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।

समितिमा सांसदहरु खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव छन ।