कर्म फ्लाइट्स फाउन्डेसनले गर्‍यो फेवातालको बृहत सरसफाई

-


     मर्दी न्युज    
     असार ३१ गते २०७९ मा प्रकाशित


सामाजिक क्षेत्रमा अग्रणी संस्था कर्म फ्लाइट्स फाउन्डेसनले पोखरा महानगरपालिका वडा नं. ६ को खहरे बङ्लादी क्षेत्रका कोभिड १९ अति प्रभावित बिपन्न परिवारहरु तथा आधारभूत तहमा कामगर्ने पर्यटन मजदुरहरु लाई “कामका लागि खाद्यान्न” कार्यक्रम अन्तरगत दुईदिने बृहत फेवाताल सरसफाइ गरेको छ ।

कर्म फ्लाईट्स फाउण्डेसन नेपालको आयोजना, नमस्ते नेपाल संस्था (चेक गणतन्त्र) को आर्थिक सहकार्य तथा पोखरा महानगरपालिका वडा नं ६ को संयोजनमा ४० परिवारलाई प्रती परिवार तिन हजार रुपैयाँँ बराबरको खाद्यान्न बितरण गरिएको थियो ।

कर्मा फ्लाइटस फाउन्डेसनको कार्यालय परिसर बङलादीमा गरिएको संक्षिप्त औपचारिक कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष बिष्णु बहादुर भट्टराई प्रमुख अतिथिका थिए भने चारैजना वडा सदस्यहरुको विशेष उपस्थिति रहेको थियो ।

राहत बितरण कार्यक्रममा आफ्नो संक्षिप्त भनाइ राख्दै प्रमुख अतिथि भट्टराईले पोखरा बैदाममा मात्रै नभै अन्य जिल्लामा समेत प्राकृतिक बिपत्ति तथा महामारीको बेला आफ्नै बलबुतामा आर्थिक श्रोत जुटाएर सामाजिक क्रियाकलापमा सक्रिय फाउन्डेसनको मुक्तकन्ठ ले प्रशंसा गर्दै यस्ता किसिमको सामाजिक काममा सहकार्य र संयोजन गर्न आफू सदा तत्पर रहने बताउदै आधारभूत तहमा कामगर्ने मजदुर हरुलाई बिस्थापित हुनबाट जोगाउन बैकल्पिक तालिमहरुको लागि समेत सहकार्य गरिने बताए ।

ड्यामसाईड, कोमागाने पार्क हुँदै बाराहिघाट, हल्लनचोक, बंगलादी शिवमणी कैलाशधाम मंदिर सम्म गरिएको सरसफाइमा ९५ वटा ठूला प्लास्टिकका बोरामा प्लास्टिक जन्य फोहोर टिपिएको फाउन्डेसनका फिल्ड कोअर्डिनेटर राजु परियारले बताए ।

जनप्रतिनिधि हरुको सम्मान

कर्मा फ्लाईटस् फाउण्डेसनले पोखरा महानगरपालिका वडा नं ६ का नवनिर्वाचित जनप्रतिनिधिहरु लाई “कामका लागि खाद्यान्न” कार्यक्रमको अबसरमा सम्मान गरेको छ। स्थानीय समाजसेवी टेकनाथ अधिकारी, फाउन्डेसनका अध्यक्ष लक्ष्मण शर्मा र कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले पाँचैजना जनप्रतिनिधि हरुलाई दोशल्ला ओढाएर सम्मान गरेका थिए ।



Tags: