जापानमा अहिलेसम्मकै धेरै १ लाख ५२ हजार जना संक्रमित,

-


     सन थापा    
     श्रावण ४ गते २०७९ मा प्रकाशित


जापान, ४ साउन । जापानमा पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ५ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण भएको यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

यसअघि जूलाई १६ मा १ लाख १० हजार ६ सय ७५ जनामा जना संक्रमित भएका थिए । हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ६ लाख ३० हजार ६ सय ४७ जना पुगेको छ । त्यस्तै ५३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३१ हजार ७ सय १५ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । ९६ लाख ६० हजार ५ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये १ सय ७६ जनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख २५ हजार ६ सय ८२ जनाको उपचार भइरहेको छ ।

बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये आठ प्रान्तमा ५ हजार बढी र ३३ प्रान्त १ हजार बढी थपिए भने अन्य सबैमा ३ सयको हाराहारी थपिए । सबैभन्दा बढी ओसाकामा २१ हजार ९ सय ७६, टोकियोमा २० हजार ४ सय एक, आइचीमा १३ हजार ६ सय २८, खानागावामा ११ हजार ४ सय ३३, फुकुओकामा ९ हजार १ सय ३६, ह्योगोमा ६ हजार ६ सय ६७, चिबामा ५ हजार २ सय १०, ओकिनावामा ५ हजार १ सय ६० र साईतामामा ४ हजार ८ सय ११ जना संक्रमित थपिए ।