जापानमा एकैदिन २ लाख बढी संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     श्रावण ७ गते २०७९ मा प्रकाशित


जापान, ७ साउन । जापानमा पछिल्लो २४ घण्टामामा संक्रमण पुष्टि भएको छ भने ७२ जनाको मृत्यु भएको छ । कोरोना एकैदिन संक्रमण भएको यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

कोरोना संक्रमणको दर चारदिनदेखि लगातार बढ्दै गएको छ । शुक्रबार १ लाख ९५ हजार १ सय ६० जना, बिहीबार १ लाख ८६ हजार २ सय ४६ जना र बुधबार १ लाख ५२ हजार ५ सय ३६ जना संक्रमित भएका थिए । हालसम्म कोरोना संक्रमितको संख्या १ करोड १२ लाख १२ हजार ८ सय ६२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म ३१ हजार ८ सय ९० जनाको मृत्यु भएको छ भने ९८ लाख ६५ हजार ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये २ सय तीन जनाको अवस्था गम्भीर रहेको छ । शुक्रबार १ लाख ७ हजार २ सय ५० जनाको पिसीआर परीक्षण गरिएको थियो ।
९ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये आठ प्रान्तमा ९ हजार बढी थपिए । सबैभन्दा बढी टोक्योमा ३२ हजार ६ सय ९८, ओसाकामा २२ हजार ५ सय एक, आइचीमा १४ हजार ३ सय ४८, खानागावामा १३ हजार ७ सय १६, फुकुओकामा १२ हजार ६ सय १९, साईतामामा १२ हजार ४ सय २४, चिबामा ९ हजार ५ सय ९१ र ह्योगोमा ९ हजार ४ सय ९७ जना संक्रमित थपिए ।