प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि संसदमा आज छलफल हुँदै

-


     मर्दी न्युज    
     श्रावण २२ गते २०७९ मा प्रकाशित


काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाभियोगबारे छलफल हुने उल्लेख छ ।

“०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ,” सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिनिधि सभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।