
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सत्तारुढ दल काँग्रेस निकट भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले राष्ट्र बैङ्क अगाडी प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरू ब्यानरसहित बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरभित्र पनि छिर्न खोजेका थिए ।
आज बिहान प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले २१ प्रदर्शनकारीलाई पक्राउ गरी प्रहरी वृत्त मालिगाँउमा राखिएको छ।