काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबरामाथिको महाअभियोग प्रस्ताव अध्ययनका लागि महाअभियोग सिफारिस समितिमा पठाएको हो ।
जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । सिफारिस समितिमा पठाउनुअघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरुले छलफल गरेका थिए ।
अब महाअभियोगबारे ११ सदस्यीय सिफारिस समितिले अध्ययन गर्नेछ भने समितिले अध्ययन गरेर आवश्यक सुझाव प्रतिनिधिसभासमक्ष पेस गर्नेछ ।
महाभियोग प्रस्ताव ढिलो छलफलमा ल्याएकोमा एमालेको विरोध
यता महाभियोग प्रस्ताव दर्ता भएको लामो समयपछि छलफलमा ल्याइएको भन्दै एमालेका सांसदहरूले विरोध गरेका छन् ।
प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि आइतबार प्रतिनिधिसभाको छलफलमा भाग लिँदै एमालेका सांसदहरूले विरोध जनाएका हुन् ।
एमालेका सांसदहरूले सत्तापक्षको निहीत स्वार्थ पुरा गर्नका लागि महाभियोग ल्याएको पनि आरोप छ ।