
काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक सकिएको छ । बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे छलफल भएको छ ।
उनीहरुबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको राजनीतिक संवेदनशिलताका आधारमा सिट बाँडफाँटको सैद्धान्तिक समझदारी बनेको हो ।
आजको बैठकमा दलहरुबीच कति र कसरी सिट बाँडफाँट गर्ने भन्ने ठोस सहमतिसम्म पुग्न नसकेको बताउँदै कार्यदलका सदस्य देव गुरुङले भने, ‘सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउने बारे आज छलफल भएको छ ।’
कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ-आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताए ।
गठबन्धनको अर्को बैठक ३० साउनमा बस्ने उनले जानकारी दिए ।