
पोखरा । राष्ट्रपति बिद्यादेवि भण्डारीले समाजबाट सबैखाले कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपनलाई अन्त्य गर्नुपर्ने बताएकी छन ।
मंगलबार पोखरामा आयोजित तमु जातिको ट्होटे पर्व विशेष समारोहमा सम्बोधन गर्दै सो कुरा बताएकी हुन । उनले भनिन्, ‘यस्तो राम्रो परम्परा र चलनलाई अब हामीले भूत, रोगव्याधी र दु:ख मात्रै फाल्ने होइन हाम्रो समाजबाट सबै प्रकारका कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपन अन्त्य गर्न पनि यो पर्वले ऊर्जा प्रदान गर्ने छ भन्ने विश्वास लिएको छु ।’
राष्ट्रपति भण्डारीले नेपालीको पहिचान दिने यस्ता ट्होटे सांस्कृतिक पर्वहरूलाई संरक्षण, सम्बर्धन गर्दै जानुपर्ने हाम्रो दायित्व भएको बताउँदै भावी पुस्ताले पनि निरन्तरता दिनेमा विश्वास व्यक्त गरिन ।
राष्ट्रपति भण्डारीले नेपाल राष्ट्रको एकीकरण प्रक्रियामा गुरुङ समुदायको विशेष योगदान रहेको पनि बताइन ।
उनले राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र मुलुकलाई समृध्दिको बाटोमा लैजान सबैले सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताइन ।
ट्होटे पर्वमा रष्ट्रपति भण्डारीलाई तमु महिलाले लगाउने घलेक पहिराइदिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो ।










