
पोखराको अग्रणी पर्यटन सम्बद्द संस्था रेस्टुरेन्ट एण्ड बार एसोसिएसन ( रेबान) पोखराको २८औं बार्षिक साधारणसभा तथा १५औं अधिवेशन लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टको सभाहलमा सम्पन्न भएको छ ।
व्यावसायिक हकहित तथा सुरक्षाका आबाज उठाउदै आएको र रेस्टुरेन्ट तथा बार व्यावसायिहरु लाई संगठित गर्दै आएको रेबान पोखराले नेपालकै चर्चित पोखरा सडक महोत्सव जस्ता प्रबर्द्धनात्मक कार्यक्रमहरु गर्दै आएको छ।

शुभकामना मन्तव्य राख्ने बक्ताहरुमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिब बहादुर कोइराला, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराई, रेबान केन्द्रका उपाध्यक्ष संघर्ष बिष्ट पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराई, सबै बक्ताहरुको चिन्ता र चासो पोखरामा बनेको अन्तर्राष्ट्रिय बिमानस्थलको संचालन , ल्यान्डफिल साइट, प्याराग्लाईडिङ्ग क्षेत्रका समस्या बारेमा थियो। प्रमुख अतिथिको मन्तव्य राख्दै गण्डकी प्रदेश सभाका सभासद माननीय राजिब पहारिले रत्न मंदिर र हिमागृह सर्बसाधारणको लागि खोल्नसके पर्यटकको बसाई लम्ब्याउन सकिने बताउनुभयो।
अध्यक्ष लक्ष्मण बरालको सभापतित्व मा सम्पन्न उक्त कार्यक्रम मा महासचिव बिकाश भट्टराईले आ ब २०७८/७९ को प्रगति बिबरण र २०७९/८० का प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो भने प्रथम उपाध्यक्ष नरेश भट्टराईले स्वागत मन्तब्य राख्नु भएको थियो। कार्यक्रमको दौरान रेवानलाई विभिन्न समयमा सहयोग पुर्याउने ब्यक्ति तथा संस्थाहरु लाई प्रसंशा-पत्र तथा मायाको चिनो हरु प्रदान गरिएको थियो भने नयाँ सदस्यहरु लाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो।

अधिवेशनले नरेश बहादुर भट्टराई अध्यक्ष सहित ११ सदस्यीय सर्बसम्मत नेतृत्व चयन गरेको छ। जस अनुसार प्रथम उपाध्यक्ष मा विश्वराज पौडेल, द्वितीय उपाध्यक्ष मा बसन्त गौतम, महासचिव मा बिकाश भट्टराई, कोषाध्यक्ष मा रोशन जंग कार्की, सचिवमा भिष्मराज पौडेल, सह-कोषाध्यक्ष मा वैभव पौडेल रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा लोक बहादुर गुरुंग, योगेश भट्टराई, विष्णु बानियाँ, बिरेन्द्र शेरचन, लोकेश ढकाल र निवर्तमान अध्यक्ष लक्ष्मण बराल पदेन सदस्य रहेका छन् ।
महासचिव बिकाश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सञ्चार माध्यमवाट रेवानलाई विभिन्न विधामा पत्रकारिता मार्फत सहयोग पुर्याउने सञ्चारकर्मी सुमन ढुङगाना लाई प्रंशसापत्र प्रदान गरिएको थियो ।