
काठमाडौँ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
बाँके जिल्ला हात्तीसार केन्द्रविन्दु भएर आज बिहान १ बजेर २८ मिनेट जाँदा ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरिएको थियो ।
मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । यो गोरखा भूकम्पको परकम्प नभएको पनि सो केन्द्रले जनाएको छ ।