ग्लोबल क्लाइम्बिङ्ग डे पोखरामा पनि मनाइयो

-


     मर्दी न्युज    
     भाद्र ४ गते २०७९ मा प्रकाशित


राजधानी केन्द्रित बोल्डरिङ्ग तथा स्पोर्ट्स वाल क्लाइम्बिङ्ग पछिल्लो समय पोखरामा पनि लोकप्रिय बन्दै गईरहेको छ ।

आज ग्लोबल क्लाईम्बिङ्ग डे को अबसरमा पोखरा महानगरपालिका वडा नं ६, स्ट्रीट नं २०, खहरे स्थित वेस्ट इनडोर स्पोर्ट्स हबको कृतिम पर्खालमा १०० जना सहभागीहरुले क्लाईम्बिङ्ग गरेका थिए ।

विद्यार्थी, प्याराग्लाईडिङ्ग पाइलट, ट्रेकिङ गाइड तथा ब्यबसायिहरु र साहसिक गतिविधि रुचाउने ब्यक्तिहरुले अनलाइन माध्यम बाट रजिस्ट्रेसन गरि सहभागी भएको संचालक सिद्धार्थ केसि ले बताए ।

ख्यातिप्राप्त आउटडोर गियर उत्पादक कम्पनी द नर्थ फेसले सुरुआत गरेको ग्लोबल क्लाइम्बिङ्ग डे अहिले धेरै देशमा स्पोर्ट्स क्लाईम्बिङ्ग गरेर मनाईन्छ ।

पोखरामा पनि पहिलो पल्ट द नर्थ फेस सँग समन्वय गरेर मनाइएको हो । “पर्खालहरू चढ्नका लागि हुन्” भन्ने नारा सहित सम्पन्न कार्यक्रमले पर्यटकीय क्षेत्र लेकसाईडमा थप रौनकता थपेको छ ।