
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट नेपालले सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् ।
“समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,” राष्ट्रपति भण्डारीले आज ट्विट गर्दै लेखेकी छन्, “म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।”
लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित गिरिको शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।