
साहसिक यात्रा, पदयात्रा, तिर्थयात्रा र उचाइमा जाँदा लेक लाग्ने र उस्तैपरे ज्याननै जान सक्ने परिस्थिति लाई मध्यनजर गर्दै ओटु हिमालय अक्सिजनको उत्पादन सुरुभएको छ ।
सिक्किमका केही उत्साही युवाहरुले थालेको उद्योग बाट उत्पादित अक्सिजनको भारतमा राम्रो प्रशंसा र बिक्रि भएको छ । परम्परागत मेडिकल अक्सिजन सिलिन्डर गर्हुङ्गो र झन्झटिलो हुने हुँदा सबै ठाउँमा उपलब्ध हुदैन ।
यस प्रकारको अत्यन्तै हलुका र झोलामा बोक्न मिल्ने अक्सिजन क्यान चीन, रसीया लगायतका देशहरू बाट भित्रीने गरेपनि बैधानिक रूपमा मेडिकल्ली प्रमाणीकरण सहित उत्पादित पहिलो भएको दाबी गरिएको छ।

पोखरा साहसिक पर्यटनको गन्तव्य तथा संभावनायुक्त बजार भएकोले आफुहरु प्रबर्द्धनको लागि आएको उत्पादकहरुको भनाइ थियो । यात्रीहरुको अलावा खेलाडी, अशक्त, दिर्घरोगी, मानसिक तनाव झेलेका ब्यक्तिहरु लगायतका लागिपनि उपयोगी हुने ओटु हिमालयका नेपाल प्रमुख संजिब प्रधानले बताए ।
यस बारे लेकसाईड स्थित ल्याण्डमार्क होटलमा सरोकारवालाहरु बिच उत्पादन परिचय तथा अन्तर्कृयात्मक छलफल गरिएको थियो । पोखराको लागि अधिकृत बिक्रेता भेराइटी ट्रेकिङ हाउसले लिएको संचालक किरण काफ्लेले बताए ।
फोटोहरुः मनशान्त घिमिरे