४२ वर्ष पछि उपत्यकामा देखियो सेतोपंखे फ्यालफ्याले

-


     मनशान्त घिमिरे    
     ८ भदौ २०७९ मा प्रकाशित


अल्पवयस्क सेतोपंखे फ्यालफ्याले, फोटोः जय नाथ भण्डारी

ग्रिष्मकालिन विरल वटुवा सेतोपंखे फ्यालफ्याले ४२ वर्ष पछि दोस्रो पटक काठमाण्डौ उपत्यकाको मनोहरा खोला क्षेत्रमा अभिलेख गरिएको छ ।

मिनी कोशीले परिचित मनोहरा खोला क्षेत्रमा पंछी अबलोकनका क्रममा सोम जिसि, विमल थापा, जय नाथ भण्डारी, कमल थापा, हेम कटुवाल, युविन श्रेष्ठ, दिपक बुढाथोकी को टोलीले हिजो अपरान्ह एक अल्पबयस्क सेतोपंखे फ्यालफ्याले फोटो सहित अवलोकन गरेका थिए । त्यसै साँझ उक्त क्षेत्रमा सञ्जय था श्रेष्ठको टोलीले समेत देखेका थिए ।

सन् १९८१ को मे महिनामा क्रावी ले पोखराको फेवातालमा नेपालका लागि पहिलो पटक अभिलेख गरिएको यो फ्यालफ्याले संरक्षित क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्र वाहिर काठमाण्डौ उपत्यका, मधुवन, कोशी वर्ड अब्जरभेटरी सानो संख्यामा अभिलेख गरिएको नेपालका संकटापन्न चराहरुको रातो किताब मा उल्लेख गरिएको छ ।

फेवा सिमसारमा वयस्क सेतोपंखे फ्यालफ्याले, फाइल फोटोः मनशान्त घिमिरे

नेपालमा समुन्द्री सतह को ७५ देखि ९१५ मिटर सम्म देखिने यो प्रजाति अन्य फ्यालफ्याले भन्दा विरल र निकै कम संख्यामा देखिएको छ । ५० भन्दा कम रहेको आँकलन गरिएको यो प्रजाति पछिल्लो समयमा सन् २०१७ को मे महिनामा पंत्तिकारले फेवा सिमसारमा एक वयस्कको अभिलेख गरेका थिए ।